जुम्लामा २३० जना भेडा पालक किसानलाई प्रोत्साहन भत्ता

जुम्ला । जुम्लाका २ सय ३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन भत्ताप्रदान गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाल प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो ।

जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट यो चालु आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको थियो । मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्र सहित करचुक्ता,सम्बन्धी वडाको सिफारिस,कार्यालयबाट भएको अनुगमनको आधार यहाँका करिब २३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताउनुभयो ।

भेडापालक किसानलाई प्रोत्साहन भत्ता कार्यक्रमले जिल्लाका किसानलाई निकै राहत मिलेको छ । उक्त कार्यक्रम लागु भएदेखी भेडापालन किसान समेत बढेकाछन् । जिल्लामा भेडामात्र पाल्ने किसान करिब १७ सयभन्दा बढी रहेकाछन् । यहाँका आठवटै स्थानीय तहमा ८८ हजार ३ सयभन्दा धेरै भेडा पालिएकाछन् । कार्यालय प्रमुख बुढ्थापाले भन्नुभयो,“  भत्ता पाएपछि किसानलाई थप हौसला थपेको छ । भौतिक संरचना निर्माणदेखी खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत कार्यालयको विशेष प्रथामिकतामा परेको छ । अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलने डर छ । ” स्थानीय तहले पशु तथा पन्छी क्षेत्रमा बजेटको व्यवस्थापन गर्न नसकेको कार्यालय प्रमुख बुढ्थापाको भनाइ छ ।
१८ हजार प्रोत्साहन भत्ता पाएपछि थप भेडापालन व्यवसायमा टेवा पुगेको छ । अहिले डेढ सय भेडाछन् । प्रोत्साहन भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको गुठिचौर गाउँपालिका –१ का भेडापालक किसान दलबहादुर बस्नेतले बताउनुभयो ।
आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारको भेडा पालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडा पालक किसान सिँजा गाउँपालिका –६ का सुवा रावतको भनाइ छ । सबैभन्दा बढी तातोपानी गाउँपालिका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । विजय रावत



तपाईको प्रतिक्रिया