नवराज सुवेदीको “छुच्ची माया”गीत सार्वजनिक

सुर्खेत । पछिल्लो समय पश्चिम नेपालमै उत्कृष्ट थारु भाषाका गीतहरुबाटै आफ्नो गायक भनेर पहिचान बनाएका नवराज सुवेदीले नेपाली भाषाको नयाँ गीत ‘छुच्ची माया’सार्वजनिक गरेकाछन् ।

शिव जिएम र आर्जा चौधरीको स्वरमा रहेको गीतमा नवराज सुवेदीको निर्देशनमा नेपाली भाषाको गीत ‘छुच्ची माया’ सेभिल ईन्टरटेनिमेन्टबाट सार्वजनिक गरिएको छ ।
थारु भाषाका गीतहरु निर्देशन गर्दै आएका निर्देशक सुवेदीले यसपटक नेपाली भाषाको गीत ‘छुच्ची माया’ बजारमा ल्याएकाछन् ।

स्थानिय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको भिडियोमा नवराज सुवेदीको निर्देशन रहेको गीतमा संचारकर्मी तथा मोडल कृष्णराज अधिकारी र मोडल खुस्बु थापाको अभिनय रहेको छ ।

गीतको शब्द संगीतमा शिव जिएमको आफ्नै रहेको छ । यस्तै म्युजिक एरेन्ज केशव बढुले गरेकाछन् । गीतको छायाकंन र भिडियो सम्पादन रामु चौधरी,मेकअप लक्ष्मी चौधरी,भिडियो सम्पादनको कार्य आरकेसी डिजिटल स्टुडियोमा गरिएको थियो ।

निर्देशक सुवेदीले थारु गीत संगीतपछि नेपाली गीत ‘छुच्ची माया’ बाट सुरुवात गरेको छु । सीमित स्रोत साधनको प्रयोग गरि आफ्नै ठाउँमा गीत सार्वजनिक गर्न पाउँदा आफूमा खुसी छाएको बताउनुभयो ।



तपाईको प्रतिक्रिया