युवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिम

जुम्ला । युवालाई स्वरोजगार बनाउनका लागि जुम्लाको तिला गाउँपालिका नौवटा वडाका दशजना युवालाई किर्डाक नेपाल र वल्र्डभिजन ईन्टरेशनल नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्र्तगत एक महिने आधारभुत साना सवारी साधन ड्राइभिङ्ग तालिम दिएको छ ।
युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ किर्डाक नेपालले गत महिनाको असार २७ देखी साउन २७ गतेसम्म एकमहिने सवारी चालक ड्राइभिङ तालिम संचालन गरी आइतबार समापन भएको किर्डाक नेपाल,जुम्लाका जिल्ला संयोजक दिपराज रावतले जानकारी दिनुभयो ।
जिविको पार्जन पुर्नलाभका लागि एक महिने ड्राइभिङ सीप विकास तालिम संचालन गरिएको हो । उक्त सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवाखुसी भएकाछन् । युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिइएको किर्डाक जुम्लाका संयोजक रावतले बताउनुभयो ।
युवालाई रोजगारसँग जोड्नकालागि एकमहिने ड्राइभिङ सीपमुलक तालिम प्रदान गरेकोमा अब युवाले व्यवसायसँग जोडेर अघि बढ्न यो तालिमले महत्वपूर्ण भुमिका खेल्ने न्यु कर्णाली मोटर ड्राइभिङ सेन्टरका संचालक तथा मुख्य प्रशिक्षक चन्द्रलाल न्यौपानेले जानकारी दिनुभयो ।
सिकेको सीपलाई सदुपयोग गर्ने गरी आउँदा दिनमा स्वरोगार बन्ने लक्ष्य रहेको तिला गाउँपालिका– का तालिका सहभागी धनिलाल दमाईको भनाइ छ । विजय रावत



तपाईको प्रतिक्रिया