जुम्लाका पत्रकार विजय रावत प्रेस सेन्टरकाे केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

जुम्ला । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा जुम्लाका पत्रकार विजय रावत निर्विरोध निर्वाचित भएकाछन् । निर्वाचन समितिले जारी गरेको उम्मेदवारको पहिलो सूचीमा एकएक जनाको मात्र उम्मेदवारी परेका पदमा निर्विरोध भएको हो ।पत्रकार रावत जुम्लामा बसेर ६ बर्षदेखि सक्रिय पत्रकारिता गर्दे आएकाछन्। जुम्लाको पहिलो दैनिक पत्रिका कर्णाली सराेकार दैनिकबाट पत्रकारिता सुरु गरेका रावत अहिले राष्ट्रिय समाचार समिति,हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरतछन् । रावत कर्णाली सवाल डिजिटल अनलाइनका प्रधान सम्पादक तथा अध्यक्ष समेत हुन । रावत प्रेस सेन्टर नेपाल जिल्ला समिति जुम्लाका निवर्तमान अध्यक्ष समेत हुन । काठमाडौंमा जारि प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचनबाट नेतृत्व चयन भइरहेको निर्वाचन समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया