पालिका स्तरीय उपाध्यक्ष कप प्रतियोगितामा तिला– १ प्रथम

जुम्ला । जुम्लको तिला गाउँपालिको आयोजनामा संचालन भएको दोस्रो उपाध्यक्ष कप अन्र्तगत पालिका स्तरीय भलिबल प्रतियोगिता तिला गाउँपालिका वडा नं. १ रारा प्रथम भएको छ । उक्त वडाको सीता माविमा भएको फाइनल खेलमा वडा नंं.४ लाई हराउँदै वडा नंं. १ उपाध्यक्ष कप प्रतियोगितामा विजेता भएको वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै पुरुष भलिबल प्रतियोगितामा द्वितीयमा वडा नंं.४ र तृतीय स्थानमा वडा नंं. ८ भएको छ । प्रतियोगिताको प्रथम विजेताले कर सहित ७० हजार र ट्रफि, मेडल प्रमाण प्राप्त गरेका छन् । भने दोस्रो हुनेले करसहित ४० हजारसहित मेडल प्रमाण प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनेले करसहित २७ हजार र मेडल, प्रमाणपत्र प्राप्त गरेको तिला गाउँपालिका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृृत जगबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैगरी उत्कृष्ट खेलाडीको कदर पत्रसहित वडा नं.१ राजेन्द्र बुढा भएको आयोजनाले जनाएको छ ।

पलिकामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि उपाध्यक्ष कार्यक्रमको ६ लाख बजेटबाट सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।खेल क्षेत्रलाई विकास र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्नेका लागि पाालिकाले खेलकुदलाई महत्वपूर्ण दिएर काम गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।सो आयोजनामा महिला देउडा प्रतियोगिता तर्फ वडा नं.६ प्रथम,वडा नंं. ४ दोस्रो र वडा नं. १ तेस्रो भएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश करसहित २७ हजार,२० हजार र १३ हजार पुरस्कार प्रदान गरेको तिला गाउँपालिकाले जनाएको छ । सो प्रतियोगितामा आठ वटा भलिबल टिम र आठ वटा महिला देउडा टिमले सहभागी भएका थिए । विजय रावत



तपाईको प्रतिक्रिया