जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दो

जुम्ला : जुम्लामा पछिल्लो समयमा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो रहेको पाइएको छ । यहाँका स्थानीय तहमा संचालन गरिएको परिवार नियोजनकाे शिविरमा उक्त सेवा लिनेको संख्या बढेको छ। जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको आयोजना तथा सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा भएको स्थायी बन्ध्याकरण शिविरमा जिल्लाकाे सिंजा गाउँपालिकामा रहेको नराकोट स्वास्थ्य चौकीमा गरिएको शिविरमा २६ जना पुरुष, तिलाकाे कुडारी स्वास्थ्य चौकीमा संचालन गरिएको परिवार नियाेजनकाे शिविरमा १७ जना पुरुषले सेवा लिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुचना अधिकारी प्रेम सौमैले जानकारी दिनुभयो । यस्तै पातारासी गाउँपालिकाकाे डिल्लीचौर स्वास्थ्य चौकीमा भएको शिविरबाटद पुरुष१५ जना र महिला १५ जनाले सेवा लिएका छन् ।कनकासुन्दरीकाे हाटसिँजा स्वास्थ्य चौकीमा भएको शिविरमा१३ पुरुष १ महिला , गुठिचौरकाे आधारभूत स्वास्थ्य केन्द्रमा संचालन भएको शिविरमा १० पुरुष र ४ महिलाले सेवा लिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुचना अधिकारी सौमैले बताउनुभयो ।तातोपानीकाे ताम्तीलामा बजारमा भएको शिविरमा पुरुषतर्फ ८ जना, महिलातर्फ २६ जना, हिमाकाेबड्की स्वास्थ्य चौकीमा भएको शिविरबाट ४ पुरुषले स्थायी बन्ध्याकरण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। चैत ७ गतेदेखि १९ गतेसम्म जिल्लाका स्थानीय तहमा पुगेर जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले परिवार नियोजन शिविर संचालन गरिएको थियो। दक्ष चिकित्सकहरूद्वारा पुरुषका लागि स्थायी बन्ध्याकरण र महिलाहरूका लागि अस्थायी इम्प्लान्ट सेवा प्रदान गरिएको थियो। जनस्वास्थ्य कार्यालयले यस वर्ष १०० पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकोमा हालसम्म ९३ जनाले सेवा लिइसकेका छन्। चन्दननाथ नगरपालिकामा नियमित रूपमा बन्ध्याकरण सेवा संचालन भइरहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।



तपाईको प्रतिक्रिया