२२ वर्षको उमेरमै कृषि कर्ममा रमाएका दिपक

विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिका – ८ निवासी युवा कृषि उद्यमी दिपक रावत २२ वर्षकै उमेरमा कृषि कर्ममा रमाएका छन् । व्यावसायिक कृषिमा लाग्ने युवाहरुमध्ये रावत पालिकाकै एक नमुना कृषि उद्यमी बनेकाछन्।
रावतले गाउँमै कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । आफ्नो गाउँघरमा नै केहि गर्ने लक्ष्यका साथ तिला– ८ जुम्लाकोट गाउँका २२ वर्षीय युवा रावत अहिले व्यावसायिक रुपमा कृषि  खेतीमा जुटेकाछन् । व्यवसायी रावतले महादेव फलफुल नर्सरी उद्योग दर्ता गरेर व्यावसायिक रुपमा स्याउ,ओखर र तरकारी लगायतको खेती गर्दै आएका छन् । सो फर्ममा अहिले एकसय वटा नयाँ स्याउका विरुवा र एकसय २० वटा विरुवामा स्याउ उत्पादन हुने गरेको छ । यो वर्षमा स्याउबाट मात्र ४० हजार आम्दानी भएको छ । स्याउका नर्सरी विरुवाबाट मात्र वर्षेनी तीन लाख आम्दानीहुने गरेको कृषि उद्यमी दिपक रावतले बताउनुभयोे ।

कृषि पेशालाई सदुपयोग गर्ने लक्ष्यले दुई सय वटा ओखरका विरुवा लगाएको छु । २२ वर्षीय कृषि उद्यमी रावतले भन्नुभयो,“कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनौट अनुदान कार्यक्रमबाट छनौट भई कृषि विकास कार्यालय जुम्लाको ५० प्रतिशत अनुदानमा तीन लाख लगानीमा ३ हेक्टर क्षेत्रफलमा स्याउ,ओखर,नर्सरी,जडिबुटी, आलु र तरकारीसंगै फलफुल खेती गरिरहेको कृषि उद्यमी रावतले बताउनुभयो । ”
व्यवसायी रावतको कृषि फर्मबाट अहिले वार्षिक रुपमा तीन देखी पाँच लाखसम्मको आम्दानीहुने गरेको छ । भविष्यमा स्याउ ओखर तथा फुलफूलखेतीबाट बार्षिक आठ लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको कृषि उद्यमी रावतको भनाइ छ । आठ कक्षमा पढ्ने बेलानै कृषि पेशाप्रति आकर्षण भएको थियो । गाउँकै कृषि पाठशालाबाट कृषि खेती गर्ने तरिकार बुझेर सानो उमेरबाटै कृषि क्षेत्रमा लागेको कृषि उद्यमी रावतले जानकारी दिनुभयो । १८ महिने कृषि जेटिए र बाली विज्ञान (आई.एस.एजी) विषय पढेकोले कृषि क्षेत्रमा काम गर्न आफुलाई निकै राहत मिलेको छ । पढेको कुरा र सिकेको सीपलाई सदुपयोग गर्दै व्यवसायिक कृषिमा जुटेको छु ।

विदेशमा जानु भन्दा स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ भन्ने लागेर कृषि कर्ममा जुटेको हुँ । पढाई र घरखर्च सबै त्यसबाटहुने गरेको छ । स्वदेशमा व्यवसायिक रुपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने कृषि उद्यमी रावतको भनाइ छ । आफ्नो कृषि फर्ममा उत्पादन भएको तरकारी स्थानीय बजार रारासेरी,नाग्म कुडारी र सदरमुकाम खलंगा बजारसम्म पुग्ने गरेको छ । फर्ममा स्थानीय रैथाने जातसँगै उन्नत जातको तरकारी उत्पादनहुने गरेको छ ।

स्याउ र ओखरका विरुवा मुगु र कालिकोट जिल्लासम्म विक्रिहुने गरेको छ । बजारको मागलाई धान्न नै समस्या हुन्छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषि उद्यमी रावतले बताउनुभयो । रावतलाई व्यवसायमा घरका परिवारहरुले सहयोग गर्दै आएकाछन् । व्यवसायिक रुपमा कृषि कर्ममा लाग्ने कृषकलाई राज्यले पनि आवश्यक सहयोग गर्नु पर्ने कृषि उद्यमी रावतको भनाइ छ ।

कृषिमा लागेर पनि राम्रो आम्दानी लिन सकिन्छ । उहाँले भन्नुभयो,“परिवारको साथमा बसेर व्यवसाय गर्दा आनन्द नै फरक हुन्छ । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट छु । फलफूल तथा तरकारीखेतीमा आफुले जानेको सीप अन्य किसानहरुलाई पनि सिकाउँदै आएको कृषि उद्यमी रावतको भनाइ छ ।” स्वदेशमा रहेर व्यावसायिक रुपमा कृषि पेसा गर्नेहरुलाई तीनै तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोग, तालिमलगायत व्यवस्थापन गरेका युवा पुस्ताको बढ्दो विदेश पलायन रोक्न सकिने कृषि उद्यमीे रावतले विश्वास व्यक्त गरे । कृषि पेशा आफैमा पनि रुचिको पेशा हो । हरेक पेशामा आफ्नै प्रकारको कठिनाइ हुन्छन् ।

कृषि उत्पादनमुखी व्यवसाय भएको कारण बजारसम्म पु¥याउनु पर्ने हुन्छ । तर, उचित बजार नपाउँदा कृषक र कृषि व्यवसायी मारमा पर्छन् ।उहाँले भन्नुभयो,“उत्पादन क्षेत्रमा काम गरिरहेको मान्छेलाई बजारको सहजता सबैभन्दा महत्वपुर्ण पक्ष हो । सरकारी कृषि अनुदान पाएर गरेको खेतीपातीबाट मनग्य आम्दानी भएको छ । ” राज्यले दिएको अनुदानले साना साना किसानहरुका लागि धेरै लाभ मिलेको र खेती गर्न थप जाँगर देखिएको कृषि उद्यमी रावतले बताउनुभयो ।



तपाईको प्रतिक्रिया