
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–५ का युवा उद्यमी दिपकराज रावत यहाँको चन्दननाथ नगरपालिका – ६ स्थित बसपार्कमा न्यु अर्गानिक कोशेली घर संचालन गरि अर्गानिक उत्पादनको खरिद र बिक्रीबाट मनग्ये आम्दानी गर्दे आएकाछन् । स्वदेशमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सदरमुकाम खलङ्गा बजारमा ५ लाख लगानीमा अर्र्गानिक कोशेली घर संचालन गरिएको हो । अहिले मासिक रुपमा ४० देखी ५० हजारसम्म आम्दानीहुने गरेको छ । जिल्लाका सबै स्थानीय तहबाट अर्गानिक सामान आउने गरेको छ ।जागीरको मानसिकता थिएन, पाँच वर्षदेखी खलङ्गामा होटोल व्यवसायसंगै अर्गानिक घर समेत संचालन गरेको न्यु अर्गानिक कोशेली घरका संचालन दिपकराज रावतले बताउनुभयो ।
अहिले धेरै स्थानबाट अर्गानिक वस्तुको अत्यधिक माग बढिरहेको छ । कर्णाली जडिबुटीद्धारा उत्पादित कर्णालीको चिया,कर्णालीको सिस्नो पाउडर,दाँते ओखर,सिमिको दाल,फापरको पिठो,मार्सीचामल,स्याउकोचाना,जिम्बो र खरायोको टोपी समेत न्यु कोशेली घरबाट विक्रिहुने गरेको कोशेली घरका संचालक रावतको भनाइ छ । रावत युवा उद्यमशीलता गरेर जिल्लाकै नमूना युवा उद्यमीको रुपमा परिचित भएकाछन्। आन्तरिक तथा बाह्य पर्यटनको घुम्नका लागि राराताल आउने गरेकाछन् । जुम्ला पुगेपछि यहाँको मार्सीचामल पर्यटनको रोजाइमा पर्ने गरेको छ । सरकारले बजारीकरण गरेको खण्डका यहाँका किसानले उत्पादन गरेको रैथानेबालीको मुल्यले राम्रो स्थान पाउने कोशेली घरका संचालक रावतले जानकारी दिनुभयो ।
पैसाका लागि अरुको मुख ताक्नुपरेको अवस्था छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । अगानी घर संचालन गरेपछि अहिले विगतका दुःखका दिन बिर्सेकाछन् । कोशेली घरका संचालक रावतले भन्नुभयो,“धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै केही गर यतै आत्मनिर्भर बन्न सहज हुनसकिन्छ । सिपमुलक तालिम सिकेर विभिन्न व्यावसायिकमा गर्न सके उज्वल भविष्य देशमै निर्माण गर्न सकिन्छ । ” आवश्यकता र मागका आधारमा सिकेका सिप सदुपयोग गर्नसके गाउँमै बसेर लाखौ आम्दानी गर्न सकिने न्यु अर्गानिक कोशेली घरका संचालन रावतको भनाइ छ ।
रावत पाँच वर्षपहिले घरको पाँच लाख रुपैयाँले अर्गानिक उत्पादनको खरिदबिक्री सुरुगर्दा अन्योलमा थिए । बाहिरबाट आउने खाद्यान्नले अर्गानिक कृषि वस्तुको व्यवसायमा असर पु¥याउनेदेखि किसानले समेत रैथानेबाली लगाउन छडिरहेको अवस्थाले रावतलाई पिरोलिरहेको थियो । पसलमा ग्राहक आउन थालेपछि अर्गानिक वस्तुमा लगानी गर्नुपर्ने निष्कर्ष आफु पुगेको रावतको भनाइ छ ।
पहिले रैथाने कृषि उत्पादन खरिद गर्न गाउँ जानुपर्ने अवस्था रहेको थियो । अहिले रावतको कोशेली घरमै पु¥याउन किसान आइपुग्छन । किसानले फोन गरेर कृषि वस्तुको मूल्य बुझ्नेदेखि ल्याउने–नल्याउने यकिन गर्छन । अर्गानिक वस्तु बेचिरहेका रावत अहिले अर्गानिक व्यापारीका नामले परिचितछन् । लोपहुन लागेको कालो मार्सी चामलसमेत कोशेली घरमा सुपथ मूल्यमा बेचिरहेको रावतले बताउनुभयो ।
सिंजा,चन्दननाथ,पातारासी, तातोपानी र तिलाका किसानले उत्पादन गरेको अर्गानिक वस्तु आफूले किनिरहेको कोशेली घरका संचालक रावतले जानकारी दिनुभयो । जुम्लाको अर्गानिक उत्पादन काठमाडौंका व्यापारीसम्म पुग्ने गरेको रावतले बताउनुभयो । विजय रावत
कर्णाली सवाल । २०८१ चैत्र २ गते शनिवार