अमृत स्मृती फुटबल प्रतियोगिताको उपाधी जुम्ला फुटबल क्लबलाई

जुम्ला । अमृत स्मृति यूवा क्लब जुम्लाद्वारा आयोजित दोस्रो अमृत स्मृती फूटबल प्रतियोगिताको उपाधी जुम्ला फुटबल क्बलले उचालेकाे छ । जुम्ला फुटबल क्लबका खेलाडीले लगातार ० का विरुद्ध ३ गोल गरेपछि उपाधी जितेको लेकाली यूवा क्लबका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो । विहीबार भएको फाईनल खेलमा दोभान शान्ति यूवा क्बल र जुम्ला फुटबल क्बलबीच भएको थियो । जुम्ला फुटबल क्लबका खेलाडी धर्मेन्द्र कुँवरले लगातार २ गोल गरे । भने क्याप्टेन शुनिल थापा मगरले १ गोल गरेका थियोे ।फुटबल प्रतियोगिताका विजेता जुम्ला फुटबल क्बलले नगद एक लाख २ हजार २०२ रुपैया ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता दोभान शान्ति यूवा क्लबले नगद ५१ ह्जार एक सय ११ रुपैया,ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेकाे लेकाली यूवा क्लबका अध्यक्ष खत्रीले बताउनुभयो । खेल क्षेत्रको प्रर्वद्दन र यूवालाई खेलप्रति प्रेरित गर्न फुटबल खेलकाे महत्त्वपूर्ण भुमिका रहने चन्दननाथ नगरपालिका नगर प्रमुख राजुसिंह कठायतकाे भनाइ छ। साे प्रतियोगितामा जम्मा २२ वटा फुटबल टिम सहभागी भएकाे आयाेजकले जनाए छ।



तपाईको प्रतिक्रिया