जुम्लाकी चेली सुनमायालाई चीनमा भएको अल्ट्रा ट्रेल रेसको उपाधि

जुम्ला। नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन्। चीन भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वदेश आइपुगिन्। बुढालाई नेपाल एडभेन्चर रनिङ महासंघले स्वागत गर्‍यो।राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेको महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीले सुनमायालाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थियोे । सुनमायाले अक्टोबर १९ मा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जितेकी थिइन्। ६० किलोमिटर दूरीको रेस सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन्। अर्को स्वर्ण सुनमायाले नोभेम्बर २ तारिखमा भएको साइगु १०० केमा जितिन्। सुनमायाले निर्धारित १ सय ५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन्। दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जानकारी दिनुभयो । दुई प्रतियोगितासहित सुनमायाले यो वर्ष ९ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन्। बाँकी ७ रेस मध्ये सुनमाया ३ मा पहिलो तथा १ मा तेश्रो स्थानमा रहिन् । चीनमा भएको ऐतिहासिक अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी गर्ने सफल भएको नेपाली अल्ट्रा धावक सुनमाया बुढाले जानकारी दिनुभयो ।

 



तपाईको प्रतिक्रिया