
जुम्ला । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि जुुम्ला बहुमुखी क्याम्पसमा पदाधिकारीको टुङ्गो लगाएको छ । चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत जुुम्ला बहुमुखी क्याम्पसम हुन लागेको स्ववियु निर्वाचनका लागि पदाधिकारीहरू उम्मेद्वार टुंगो लगाएको हो । स्ववियु अध्यक्षमा जयकृष्ण जैशि,सचिवमा जिवन भक्रि र कोषाध्यक्षमा आशिष बुढाले उम्मेदवारी दिने निर्णय सर्वसहमत गरेको अखिल क्रान्तिकारी जुम्लाका अध्यक्ष धर्मराज रावलले जानकारी दिनुभयो । यसअघि २०७९ सालको स्ववियु निर्वाचनमा जैशि सचिवमा निर्वाचित भएका थिए ।
अध्यक्षका उम्मेदवार जैशिले विद्यार्थी हकहित तथा क्याम्पस सुधारको मुद्दालाई अगाडि बढाएको बताउनुभयो । विगतदेखि नै विद्यार्थी हकहितको पक्षमा र क्याम्पसभित्रका विकृति विसंगीका विरुद्धमा लड्दै आएको उनको भनाइ छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वा चन हुन लागेको हो ।
कर्णाली सवाल । २०८१ फाल्गुन २७ गते मङ्गलवार