स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली चयन

जुम्ला । नेपाल स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सर्वसम्मत रुपमा चयन हुनुभएको छ। शनिबार भएको पहिलो जिल्ला अधिवेशनबाट अध्यक्षमा नेपाली, खुला उपाध्यक्षमा भरत बुढा, समावेश उपाध्यक्षमा बिराजु जि.सि, महिला उपाध्यक्ष सरिता पोख्रेल,कोषाध्यक्षमा सीता सिंह र सचिवमा सुरेश पन्त गरि ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य कमल रावतले जानकारी दिनुभयो । विसं २०३६ सालमा स्थापना भएको विशुद्ध पेशागत संगठन हाे । स्वास्थ्यकमीहरुको अधिकारका लागि जन्मिएको सम्पूर्ण स्वास्थ्यकर्मीहरुको साझ संगठन नेपाल स्वास्थ्य प्राविधिक संघ रहेको केन्द्रीय सदस्य रावतकाे भनाइ छ। आधारभुत स्वास्थ्य सेवा जनताको अधिकार पेशागत मर्यादा र सुरक्षाका लागि संगठनले आवाज उठाउने नवनिर्वाचित अध्यक्ष नेपालीले बताउनुभयो ।



तपाईको प्रतिक्रिया