नेपाल निजामती कर्मचारी युनियन जुम्लाको अध्यक्षमा खत्री निर्वाचित

जुम्ला । नेपाल निजामती कर्मचारी युनियन जुम्लाको अध्यक्षमा मिमराज खत्री निर्वाचित हुनुभएको छ । ९ औं जिल्ला अधिवशेनपछि भएकाे बन्दशत्रबाट अध्यक्षमा खत्री सहितकाे कार्यसमिति सर्वसम्मत रुपमा चयन भएकाे हाे । खुला उपाध्यक्षमा शुक्रराज शाही,महिला उपाध्यक्षमा गिता हमाल,समावेशी उपाध्यक्षमा सुस्मिता थापा,सचिवमा क्षेत्र बहादुर महत सर्वसम्मत चयन भएकाे निर्वाचन कमिटीका संयाेजक हर्क बहादुर महतले जानकारी दिनुभयो । यस्तै सह-सचिवमा मदन प्रसाद उपाध्याय,काेषाध्यक्षमा प्रकाश राना चयन भएका छन् । ३१ सदस्यीय जिल्ला कार्य समिति चयन भएकाे निर्वाचन कमिटी सदस्य प्रकाश उपाध्यायले जानकारी दिनुभयो । नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएकाे छ । नव निर्वाचित पदाधिकारी र सदस्यलाई नेपाल कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर खड्का,नेपाली काँग्रेसका पार्टी सचिव अर्जुनसिंह कठायतले प्रमाण पत्र वितरण गरेका थिए ।

 



तपाईको प्रतिक्रिया