
जुम्ला । जुम्लामा आइतबारबाट एच पि भि खाेप लगाउन सुरु गरिएको छ। जुम्लाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई खाेप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका सुचना अधिकारी प्रेम बहादुर साैमेले जानकारी दिनुभयो । नेपालमा एच पि भी खोप अभियान माघ २२ गते देखि सुरु भएतापनि जुम्लामा आज (माघ २७) बाट सुरु भएकाे हाे। याे खाेप अभियान फागुन ६ गते सम्म देशैभर सञ्चालन हुने छ। एच.पि.भी. खोप रर याे खाेपले महिलालाई पाठेघरकाे मुखकाे क्यान्सर हुनबाट बचाउन्छ। जुम्लामा आठ हजार ८२९ जना किशोरीलाई साे खाेप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति जुम्ला प्रमुख गौरीनन्द आचार्यबाट खाेप अभियान शुभारम्भ गरिएको छ।
कर्णाली सवाल । २०८१ माघ २७ गते आइतवार