जुम्लाका चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित

जुम्ला : जुम्लाकाे गुठिचौर गाउँपालिका – ३ मा रहेको सुर एन्ड सुपुन्ना अर्गानिक होटेलका संचालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित हुनुभएको छ । लामो समयदेखि विभिन्न देशमा सेफको काम गरी आफ्नै जन्म थलोमा कर्म गरी रहनुभएका बुढा ग्लोबल नेपाली सेफ अवार्ड २०२५ बाट बुधबार सम्मानित हुनु भएको हो । पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीको हातबाट बुढा सम्मानित हुनुभएको हो । विदेशमा गएर सिकेको सिप उहाँले आफ्नै जन्मभूमिमा कार्यान्वयन गरिरहनु भएको छ । पछिल्लो समय जुम्ला बजार लगायत अन्य ठाउँमा हुने होटेल व्यवसाय गर्न चाहानेलाई बुढाले सेफको तालिम दिँदै आइरहनुभएको छ । कामको योगदानको कदर गर्दै बुढालाई ग्लोबल नेपाली सेफ अवार्ड प्रादन गरिएको हाे । आफ्नो जन्म थलोमा रोजगारको अवसर नपाए पछि विदेश जानु भएको थियो । झण्डै १० वर्षसम्म कतार, दुबई र बराइन लगायतका देशमा सेफको रूपमा काम गरेको अनुभव बुढासँग छ । लामो समयसम्म गरेको मेहनतले आज सम्मानितहुँदा आफु खुसी भएको बुढाले जानकारी दिनुभयो । योगदान र तपस्याले गर्दा देश भित्र तथा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा कान्छो सेफका रूपमा सम्मानित भएको छु बुढाले भन्नुभयो ‘‘काम भनेको कुनै सानो ठुलो हुदैन । विदेशबाट फर्के पछि आफ्नै जन्म थलोमा केही गर्ने हुटहुटीका साथ अर्गानिक होटेल स्थापना गरेको छु । होटल व्यवसायमा संलग्न हुने युवालाई सिप सिकाउन तयार भएको बुढाको भनाइ छ। “



तपाईको प्रतिक्रिया