
जुम्ला । जुम्लामा यो वर्ष २० हजार ५११ मेट्रिकटन स्याउ उत्पादन भएको छ । बुधबार जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा जिल्ला स्थित संघ,प्रदेश,स्थानीय तह,सरकारी तथा गैरसरकारी संघसंस्थाको आव २०८०।०८१ को वार्षिक समिक्षा कार्यक्रमा कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ हजार २५० हेक्टर क्षेत्रफल जमिनमा लगाएका स्याउबाट २० हजार ५११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको छ ।
यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भिœयएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।
जसमध्ये ९ हजार ३९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको छ । ट्रक,बस,जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भन्नुभयो,“बसबाट एक हजार ६६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको छ । त्यस्तै मालवाहक ट्रकबाट ६ हजार ९९३ मेट्रिकटन स्याउ निर्यात भएको छ ।” ८ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेकाछन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६० रुपैयाँमा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।
कर्णाली सवाल । २०८१ कार्तिक १५ गते बिहिवार