प्रेस चौतारीको स्थापना दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञानमा रक्तदान कार्यक्रम

जुम्ला । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति जुम्लाले कर्णाली स्वास्थ्य विज्ञानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा कुल ६ जनाले रक्तदान गरेका छन्। प्रेस चौतारी नेपाल जुम्लाका अध्यक्ष मानदत्त रावलका अनुसार रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।उनले यस प्रकारका सामाजिक गतिविधिहरूले पत्रकारितालाई मानवसेवामा पनि जोड्ने विश्वास व्यक्त गरे।नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले रक्तदान सेवाको उच्चतम रूप भएको बताउँदै यस्तो कार्यले समाजमा सकारात्मक सन्देश जाने जानकारी दिनुभयो । उनले पत्रकारिता केवल समाचार संकलन र प्रकाशनमा सीमित नरही समाजसेवामा पनि सक्रिय हुनुपर्ने धारणा राखे। कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूको सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया