कर्णालीको विकासका लागि सबै निकायको सहयोग अनिवार्य रहेको छ ः मुख्यमन्त्री कँडेल

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 23;

जुम्ला । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरेको बताउनुभयो । शुक्रबार जुम्ला स्थित नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै मुख्यमन्त्री कंडेलले म जिल्ला, जिल्लाको भ्रमणमा पुगेर जनताका समस्या सुन्छु र तिनीहरूको अपेक्षालाई योजनामा समेट्न खोज्छु। प्रदेशमा योजना र विकासको विषयलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको भनाइ छ। आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गर्ने परिकल्पनाका साथ काम गरिरहेको छु। मुख्यमन्त्री कँडेलले भन्नुभयो,ू योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो। योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यलाई स्थान दिनु हुँदैन। ,” यी विषयमा जनचेतना बढाउनका लागि जिल्ला जिल्लाको भ्रमणमा निरन्तर सक्रिय रहेको मुख्यमन्त्री कँडेललेको भनाइ छ। नागरिकमा सरकारप्रतिको विश्वास बढाउनुका साथै योजना कार्यान्वयनको पारदर्शिता सुनिश्चित गर्ने प्रदेश सरकार लागि परेको छ। जनताले चाहेका र जीवनस्तर सुधार गर्न सक्ने योजनाहरूमा मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कंडेलले जानकारी दिनुभयो ।विकास निर्माणको कामलाई मात्र होइन, सुशासन र पारदर्शिताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ। सुशासनलाई केन्द्रमा राखेर काम गर्न थालिसकेका छौँ,”कर्णाली प्रदेशका विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनाहरूलाई जनताको आवश्यकतासँग समाहित गराउने नीतिमा प्रदेश सरकार रहेको मुख्यमन्त्रीको भनाइ छ।



तपाईको प्रतिक्रिया