जुम्लाको रारा गाउँमा तीन करोडको सिमी उत्पादन

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नं. १ मा रहेको रारा गाउँमा यसवर्ष मात्रै तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको छ । यहाँका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रुपमा रारा गाउँ चिनिने गरेको वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिनुभयो ।
विगतमा आठ क्वीन्टल भन्दा बढी सिमी नपाउने यहाँका स्थानीयले यो वर्ष बढी खेती गर्ने किसानले १५ क्वीन्टल र कम खेती गर्ने किसानले न्युनतम ४ क्वीन्टल सिमी पाएको वडाध्यक्ष बस्तेको भनाइ छ ।
गाउँमा सिंचाइको सुविधा पु¥याउनका लागि यो वर्ष वडाले ३० लाख बजेट विनियोजन गरेको छ । सिंचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकासे पानीको भर पर्नु परेको छ । गाउँमा पानी पु¥याउन स्थानीय सरकार लागि परेको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।
सिमी उत्पादनहुने यस वडामा २९० घरधुरी रहेकाछन् । अहिले गाउँमै पुगेर व्यापारीले एक केजीको दुई सयका दरले सिमी खरिद गर्ने गरेको राराका स्थानीयवासि नर रावतले जानकारी दिनुभयो ।
वडालाई सिमी उत्पादनको पकेट क्षेत्र समेत मानिएको छ । सिमी लगाउने र फल्ने मौसममा वर्षा भएपछि यो वर्ष राम्रो उत्पादन भएको हो राराका स्थानीयवासिको भनाइ छ ।
गाउँका किसानहरुलाई लक्षित गरेर एक गाउँ एक उत्पादनको रणनिती ल्याएर स्थानीय तहले काम गरेको छ । गाउँबाट सबैभन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहन समेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । उक्त वडाको मुख्य आम्दानी सिमि र स्याउ रहेको छ । अब सिमी र स्याउ खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने उपाध्यक्ष बुढाको भनाइ छ ।
सिमीको पकेटक्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले तिला– १ रारालाई सिमि जोन कार्यक्रम लागु गरेको छ । उक्त पालिको वडा नं.१ सहित २,८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमिको व्यवसायीक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्नका लागी सिमि जोन कार्यक्रम संचालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो । विजय रावत



तपाईको प्रतिक्रिया