
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले गएको आवमा ९३ वटा विकास निर्माणका योजना सम्पन्न गरेको छ । सोमबार आर्थिक बर्ष २०८०।८१ को सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाको कार्य प्रगति प्रस्तुत गर्दे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले सोहीमा छनौट भएका १०१ योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भई संचालनमा आएको बताउनुुभयो । बार्षिक अनुमानित आय रु ३७ करोड १८ लाखमध्ये कुल खर्च रु ३३ करोड ८७ लाख भएको छ । गाउँपालिकाको भवन सहित वडा नं. ३ र ४ को भवन निर्माण भएको छ । सिंजा संग्राहलय संचालन तथा व्यवस्थापनदेखी नेपाल सरकारको बिशेष पुजीगत अनुदानबाट पालिकाको वडा नं. १,३,५ र ६ को बृहत खानेपानी आयोजना निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।
गाउँपालिकाले खस सस्कृतिको जगेर्ना गर्नका लागि केदारनाथ मेलाको बृहत प्रचार प्रसार व्यवस्थापन, राजमार्ग देखी आचार्य लिही जोड्ने बाटोको स्तरबृद्धि पालिकाले गरेको छ । पालिकाको विशेष पहलमा सिंजामा राष्ट्रिय बाणिज्य वैंकको काण्टर स्थापना भएको छ । नापि र मालपोत सेवाका लागि निरन्तर पहल भइरहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
नागरिको अपेक्षा अनुसार स्थानीय सरकारले काम गरेको छ । सिमित स्रोत साधन र बजेटको अभावले ठुला विकासे योजना निर्माणमा काम गर्न कठिन भएको छ । स्थानीयवासिबाट आएका सकारात्मक सुझावलाई प्रथामिकतामा राखेर काम गरिने सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमका स्थानीयले विकास निर्र्माणमा भइरहेको ढिलाइ, स्थानीय सरकारले खेल्नुपर्ने भुमिका र शिक्षा,स्वास्थ्य भौतिक पुर्वाधार निर्माणको काम बारे जिज्ञास राखेका थिए ।
कर्णाली सवाल । २०८१ कार्तिक १३ गते मङ्गलवार