
काठमाडौं । म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले यस बर्षको ‘बालोन डि ओर’ को उपाधि जित्नुभएको छ । फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जित्नुभएको हो । उहाँले ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जित्नुभएको हो ।
रोड्रीले स्पेनलाई युरोकप जिताउनु भएको थियो भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताउनु भएको थियो ।बालोन डि ओर जित्ने रोड्री पहिलो मिडफिल्डर हुनुहुन्छ। २००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उहाँ तेस्रो खेलाडी हुनुहन्छ। यस बिचमा मोड्रीचले २०१८ र करिम बेन्जमाले २०२२ मा बालोन डो अर जित्नुभएको थियो ।
यस्तै बार्सिलोनाबाट खेल्ने स्पेनिस युवा खेलाडी लामिन यमलले यस बर्षको उत्कृष्ट युवा खेलाडी ‘कोपा ट्रफी’ जित्नु भएको छ ।फ्रान्स फुटबल फेडेरेसनले गरेक बर्ष दिने यो अवार्ड यस बर्ष यमललाई दिइएको छ ।युरोकपमा स्पेनलाई विजेता बनाउन खेलेको भूमिका र बार्सिलोनामा उहाँले गरेको प्रदर्शनका लागि यो अवार्ड दिइएको हो । १७ बर्षिय यमलले बार्सिलोनाकै सहकर्मी गाभी र पेड्रीको पदचिन्हलाई पछ्याउदै यो अवार्ड जित्नुभएके छ । अघिल्लो बर्ष यो अवार्ड इङल्याण्डका जुडे बेलिङघमले जित्नुभएको थियो । यमलले टर्कीका आर्दा गुलेरलाई पछि पार्दै यो अवार्ड जित्नुभएको हो ।
कर्णाली सवाल । २०८१ कार्तिक १३ गते मङ्गलवार