अखिल (क्रान्तिकारी) जुम्लाको अध्यक्षमा रावल निर्वाचित

जुम्ला । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जुम्ला जिल्लाको अध्यक्षमा धर्मराज रावल निर्वाचित भएकाछन् । बिहीबार अध्यक्षका लागि भएको निर्वाचनमा एक मतान्तरले प्रतिस्पर्धीलाई पछि पार्दै रावल अध्यक्षमा निर्वाचित भएकाहुन् ।
अध्यक्षमा विजयी भएका रावलले ३९ मत प्राप्त गरेकाछन् । उनका निकटतम प्रतिद्धन्द्धी नरेन्द्र सेजुवालले ३८ मत ल्याएको अखिल (क्रान्तिकारी) का नवनिर्वाचित जिल्ला सचिव प्रेम सिंह सुनारले जानकारी दिनुभयो ।
अन्य पदाधिकारीमा सहमतिमा टुंगिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा सन्तोष आचार्य,उपाध्यक्षमा कनिस्टा विश्वकर्म र सचिवमा प्रेम सिंह सुनार चयन भकाछन् । त्यस्तै सह–सचिवहरूमा मान बहादुर बुढा र हेम प्रकाश हमाल र कोषाध्यक्षमा सलिना सिंहसहित ४५ सदस्यीय जिल्ला कमिटी चयन भएको अखिल (क्रान्तिकारी) जुम्लाले जनाएको छ । मतदान अधिकार प्रतिनिधि ८६ मध्ये ८४ मत खसेकोमा सात वटा मत बदर भएको निर्र्वाचन मण्डलले जनाएको छ ।विजय रावत



तपाईको प्रतिक्रिया