जुम्लामा भरुवा बन्दुक सहित एक जना प्रक्राउ

जुम्ला । जुम्लामा भरुवा बन्दुक सहित एकजना प्रक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले अवैध हतियार सहित यहाँको गुठिचौर गाउँपालिका–१ घर भई हाल पातारासी गाउँपालिका–५ लासी बाजर स्थित मोटर साईकल ग्यारेज गरी बस्ने अन्दाजी ३२ बर्षका सुर्य वहादुर महतारालाई अबैध हातहतियार सहित शनिबार प्रक्राउ गरेको जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले जानकारी दिनुभयो ।

गुठिचौरको मौरे लेक स्थित जुम्लादेखि डोल्पा जाने कच्चि सडक खण्डको ५० मिटर तल पश्चिम तर्फको भिरालो जमिनको ढुङ्गाको ओढार भित्र हरियो प्लाष्टिकमा सेतो प्लाष्टिको बोराभित्र लुकाई छिपाई ३ वटा भाग अलग अलग टुक्रा पारी राखेको अवस्थामा भरुवा बन्दुक जस्तो देखिने फोल्ड गर्न मिल्ने एकनाले थान १ र उक्त हतियार लुकाई राखेको सुर्यबहादुर महताराको उपस्थित र जुम्ला प्रहरीको टोलीले बरामद गरी सुर्य बहादुर महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जुम्लाका प्रहरी नायब उपरिक्षक कामतीको भनाइ छ ।

प्रक्राउ परेका महताराले अबैध हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा बरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी कार्यालय जुम्लाले आज पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सार्वजानिक गरेको हो ।

 



तपाईको प्रतिक्रिया