जुम्ला : जुम्लाबाट एक वर्षको अवधिमा यहाँ उत्पादन भएको अति लोकप्रिय मार्सीधानको चामल करिब १७५ मेट्रिक बाहिरी जिल्लामा निर्यात भएको छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यो वर्ष जिल्लामा २ हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये १ हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सीधान उत्पादन हुन्छ ।
गत वर्षको कार्तिकदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्ला वाहिर करिव १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल विक्रि वितरणबाट अनुमानित करिब ३ करोड ५० लाख रुपैयाँ जुम्लाका किसानले आम्दानी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाभर २ हजार ८८८ हेक्टर क्षेत्रफलमा लगाइएको मार्सीधानको उत्पादन ६ हजार १२५ मेट्रिक भएको थियो । जसमध्ये ३७ प्रतिशत १ हजार ६८ हेक्टरमा रैथाने जुम्ली मार्सीधान खेतीगरि २ हजार २४३ मेट्रिक जुम्ली मार्सीधानको उत्पादन हुन्छ ।
कुल धानको ५७ दशमलव ८ प्रतिशत चामल हुन्छ भन्ने अनुमानलाई मध्यनजर गर्दा एक हजार २९६ मेट्रिक मात्र जुम्लीमार्सी चामलको करिब १७५ मेट्रिक अर्थात् १३ दशमलव ५० प्रतिशत मात्र निर्यात भएको अनुमान गरिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।
जिल्लामा परम्परागतदेखी खेती गरिँदै आएको जुम्लीमार्सी धानखेती प्रविधिमा केही रोग किराको बढ्दौ समस्याका कारण जिल्लामा रहेको कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउनका लागि सिफारिस गरिएको छ ।
अब अनुसन्धानले मार्सी १८,२० र २२ जातको धान सिफारिस गर्ने क्रममा रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले बताउनुभयो । मार्सीधानको खेती जेठमसान्तसम्म खेतमा रोपिन्छ ।
रोपेको ३० दिन अर्थात् असार मा पहिलो पटक गोडिन्छ त्यसपछि ६० दिनमा दोस्रो पटक गोडमेल गर्ने गरिन्छ । यसरी लगाएको जुम्ली मासीधान करिब १८० दिन भित्र पाक्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
पछिल्लो समयमा धान खेतीमा विभिन्न प्रकारका रोग लाग्ने गरेकाछन् । जुम्ली मार्सीधानको महत्व र यसको खेती सम्बन्धी प्राविधिक ज्ञान सीप स्थानीयस्तरमा प्रदान गर्ने अति आवश्यक रहेको यहाँका स्थानीयवासि बताउँछन् ।
विशेषगरी आन्तरिक पर्यटनको रोजाइमा मार्सीचामल पर्ने गरेको छ । प्रतिकेजीको मूल्य रु २०० मा विक्रि हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेका अर्गानिक पसलका संचालक बताउँछन् । लेखक-विजय रावत कर्णाली सवाल अनलाइनका संचालक तथा प्रधानसम्पादक हुन








कर्णाली सवाल । २०८२ चैत्र २६ गते बिहिवार