हेडलाइन

हिमा गाउँपालिकाको एम्बुलेन्स कालिकोटमा दुर्घटनाहुँदा दुईजनाको मृत्यु

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर सुर्खेत जाँदै  गरेको एम्बुलेन्स कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका-२ स्थित मेयर खोलानजिक बुधबार राति ८ बजेतिर दुर्घटना भएको छ ।

दुर्घटनामा परी एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ स्थित मर्चीगाउँका २६ वर्षीय शाक्ति शाही र सोही गाउँपालिका–६ स्थित पाथरखोलाका ३२ वर्षीय भीम बहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिनुभयो ।

घाइते कल बहादुर अधिकारी र लाेकेन्द शाहीको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सडकबाट करिब ३० मिटर तल एम्बुलेन्स खसेको छ। एम्बुलेन्समा सवार सबै हिमा गाउँपालिकाका स्थानीयवासि रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया