हेडलाइन

जुम्लामा नयाँ शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला :  हिमाली जिल्ला जुम्लामा यो वर्ष नयाँ शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्रसुरु नहुँदै जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो ।

यस वर्षपनि शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारमा रहेको सन्ध्या स्टेशनरीका संचालक सुमन खड्काले जानकारी दिनुभयो ।

नयाँ शैक्षिक सत्रका लागि जिल्लामा बिहीबार पाठ्यपुस्तक पुगेको छ । सन्ध्या स्टेशनरीका संचालक खड्काले भन्नुभयो,“ कक्षा १–१० सम्मको ५००÷५०० प्रतिसेटमा पाठ्यपुस्तक आइपुगेको छ ।

यहाँका सामुदायिक विद्यालयलाई चाहिने आवश्यक सबै पाठ्यपुस्तक उपलब्ध गरिने छ । ” विद्यालयको माग अनुसार बाँकी पाठ्यपुस्तक जिल्लामा पुग्ने सन्ध्या स्टेशनरीका संचालक खड्काले बताउनुभयो ।

विद्यालय खुलेपछि पाठ्यपुस्तक लिनेको सख्या बढ्ने सन्ध्या स्टेशनरीले जनाएको छ । यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।

जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।

नयाँ शैक्षिक सत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले कर्णाली सवाललाई बताउनुभयो ।

उनका अनुसार नेपालगञ्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको जनाएको छ ।

सरकारले देशभर नयाँ शैक्षिकसत्र २०८३ वैशाख १५ गतेदेखि गर्ने निर्णय गरि सकेको छ । लेखक : विजय रावत कर्णाली सवालका संचालक तथा प्रधानसम्पादक हुन् ।



तपाईको प्रतिक्रिया