हेडलाइन

माओवादी केन्द्र हिमा गाउँपालिका अध्यक्षमा मुनबहादुर बुढा चयन

युनेश परियार,
जुम्ला । जुम्लाको हिमा गाउँपालिका नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी अध्यक्षमा मुनबहादुर बुढा चयन हुनुभएको छ । पालिका कमिटीको दोस्रो अधिवेशनले बुढाको अध्यक्षमा ४१ सदस्यीय पालिका कमिटी गठन भएको नेकपा माओवादी केन्द्र जुम्लाका सचिव नवीन शर्माले जानकारी दिनुभयो ।
सर्वसम्मत रुपमा पालिका कमिटी चयन भएको हो । बुढा माओवादी केन्द्रको निर्वमान वडाध्यक्ष समेत हुन । कमिटीको उपाध्यक्षमा धनराज शाही,अकल बआदुर शाही र सरिता खत्री(अधिकारी) चयन हुनु भएको छ । यस्तै सचिवमा पिथि बहादुर शाही,कोषाध्यक्षमा बिष्ण बहादुर भण्डारी,सहसचिवमा डिल बहादुर रोकाय चयन भएको पार्टी सचिव शर्माले बताउनुभयो ।
त्यस्तै अधिवेशन उद्घाटनमा माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारी,सह इन्चार्ज गोमा गौतम,केन्द्रीय सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य,लगायतको उपस्थिति रहेको थियो । अहिलेसम्म जिल्लाका आठवटा स्थानीय तहमध्ये पातारासि,गुठीचौर र हिमा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।



तपाईको प्रतिक्रिया