हेडलाइन

सिंजाको नराकोटदेखि हाटसिंजा जोड्ने सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला : सिंजा गाउँपालिकादेखी कनकासुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडकलाई थप स्तरोन्नति गर्नका लागि कर्णाली प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको ।

कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२।०८३ को बजेट कार्यक्रमको शीर्षक अन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कुनौटा हुँदै लौडीसिम लुड्कु–हाटसिंजा सडक स्तरोन्नतिका लागी १५ करोड १९ लाख बजेटको बहुबर्षीय श्रोत सुनिश्चितता भएको पुर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुप बहादुर रावलले बताउनुभयो ।

सिंजाको नरोकाट बजारदेखी हाटसिंजासम्मको ५ किलोमिटर सडक कालोपत्र गर्नेका लागि पहिलो चरणमा आइतबार ११ करोडको ठेक्का आह्वान भएको छ । कालोपत्रका लागि बजेट सुनिश्चितताहुँदा कामलाई तिव्रगतिमा अघि बढाउने पुर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रावलको भनाइ छ ।

यो सडकले आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको रारा तालसम्म जाने पर्यटनलाई समेत आवतजावतमा सहज हुने भएको छ । वर्षोदेखि धुलाम्मे र हिलाम्मे सडकको सास्ती खेप्दै आएका यहाँका नागरिकका लागि सडक निर्माण सम्पन्न भएपछि राहत मिल्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो ।

प्रदेश सरकारले जिल्लाको समस्यालाई बुझेर उक्त बजेटको स्रोत सुनिश्चत गरेकोमा प्रदेश सरकारलाई धन्यावाद दिँदै सांसद् पछाइले सबैको सामूहिक प्रयासबाट उक्त योजना अगाडि बढेको बताउनुभयो ।

निरन्तर पहलदेखी प्रदेश सरकारमा पटक–पटक आवाज उठायौ, र अन्ततः बजेट सुनिश्चित गराउन सफल भएका छौ । अब समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको पछाईले बताउनुभयो ।

सिंजा क्षेत्रको उक्त योजनालाई महत्वपूर्ण आयोजनाका रुपमा समेत हेरिएको छ । सिंजा उपत्यका अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटनलाई समेत सहजहुने यहाँका स्थानीयवासि बताउँछन् ।

स्रोत सुनिश्चित भएको उक्त सडक योजना आगामी तीन वर्षभित्र सम्पन्न गरि संचालनमा ल्याउने पुर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । लेक : विजय रावत, कर्णाली सवालका संचालक तथा प्रधान सम्पादनक हुन ।



तपाईको प्रतिक्रिया