जुम्ला : मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाले सार्वजनिक गरेको समानुपातिकतर्फकाे अन्तिम मत परिमाण अनुसार जिल्लामा नेपाली कम्युनिस्ट पार्टी पहिलो दल बनेको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य को एक मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा समानुपातिकमा १० हजार २०२ मत ल्याएर नेकपा सबैभन्दा पहिलो दल बनेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।
यसैगरी समानुपातिकतर्फ दोस्रो स्थानमा नेपाली कांग्रेसले ९ हजार ३६० मत , तेस्रोमा राप्रपाले ६ हजार ५५२, चौथोमा नेकपा एमाले ६ हजार २९ मत ल्याएकाे निर्वाचन अधिकृत पन्तको भनाइ छ।
त्यसपछि क्रमश: राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ११८ मत,नेपाल मजदुर किसान पार्टीले १ हजार ४२१, प्रगतिशील लाेकतान्त्रिक पार्टीले २५६, श्रम संस्कृति पार्टीले २००, जनता समाजवादी पार्टीले १५९, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले १५८ मत, जनमत पार्टीले ४७ र राष्ट्रिय जनमाेर्चा पार्टीले ३६ मत समानुपातिकतर्फ मत ल्याएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेको मत परिमाणमा उल्लेख गरिएको छ।
जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेकोे छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो।
जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । ५७ वटा राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचनमा माग लिएका थिए । विजय रावत✍️
यस्तो छ समानुपातिक तर्फकाे अन्तिम मत परिमाण












कर्णाली सवाल । २०८२ फाल्गुन २५ गते सोमवार