हेडलाइन

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ३ हजार मतले अगाडि

जुम्ला –  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिएकाछन् ।

यहाँको कनकासुन्दरी,सिंजा,हिमा,तिला र तातोपानी गाउँपालिका गरि पाँच वटा स्थानीय तह सहित चन्दननाथ नगरपालिका–१र२ वडाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राप्रपाका शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायमै राखेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ६ हजार ८२५ मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले २ हजार ७३१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ३ हजार ९६२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी, रास्वपाका विनीता कठायतले २९६ मत, प्रलोपाका मनऋषि धितालले८९,नेमकिपाका बृषबहादुर रावतले२९३,नेपाल जनता पार्टीका उम्मेदवार रनिल विक्रम शाहीले २८,नेकपा माओवादीका उम्मेदवार वृष शाहीले ५६ र स्वतन्त्र उम्मेदवार भक्त बहादुर राववले १२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये हालसम्म २४ हजार ७७७ मत गणना भइसकेको जनाएको छ । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ ।

जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलको भनाइ छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ ।

जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया