काठमाडौं । मानिसको यात्रा न कहिल्यै टुङ्गिन्छ, न त गन्तव्यमै पुगिन्छ । आजको यात्रा सकिएको भोलिपल्टै फेरि सुरु भइहाल्छ अर्को दिनको अर्कै यात्रा । अनि त्यो यात्राले ताक्छ फेरि नयाँ गन्तव्य ।
यस्तै अनन्त भएरै होला जीवनलाई यात्रा भनिएको । कहिल्यै सकिँदैन यात्रा र कहिल्यै पुगिँदैन गन्तव्य तर पनि कुनै न कुनै गन्तव्यमा भने पुगिएकै छ तर यी हर दिन या हर क्षण पुगिएको भनिएका गन्तव्य छोटा हुन्, जो अस्थायी छन् ।
स्थायी र अजेय होइनन्, छैनन् यी गन्तव्य । जीवन यस्तै छोटा र अस्थायी यात्रा अनि गन्तव्यमै अलमलिइरहेको छ, अन्तिम तथा स्थायी गन्तव्य पर्र्खिएर ।
यो त भौतिक यात्रा अथवा गन्तव्यको कुरा हो । मनले तय गर्ने यात्रा त झन् कति कति । भौतिक यात्रा दिनदिनै तय हुन्छ र मनले तय गर्ने हरेक यात्रा अपरिमेय छ । दिनमै सयकडौँ यात्रा तय गर्छ मनले । अनि त्यति नै गन्तव्य पनि ।
कसले छेक्न सक्छ र मनको वेगलाई रु अनि मनको यात्राले तय गर्ने गन्तव्य केले भेटाउनु रु मनको गति नाप्ने यन्त्र नभए जस्तै हो यसले तय गरेको गन्तव्य भेट्नु पनि ।
कहिलेकाहीँ त लाग्छ मानिससँग एक थान मन नभइदिएको भए यी असङ्ख्य कल्पनाका पहाड केले तुल्याउँथ्यो होला रु त्यही मन नभइदिएको भए मानिसले काल्पनिक संसारको सयर कसरी गथ्र्यो होला रु मन छ र त मानिस निस्फिक्री, स्वतन्त्र रूपमा कैँयन् अकल्पनीय कल्पना गर्न पाइरहेको छ ।
मानिसले हरेक दिनको यात्राको गन्तव्यमा आफूलाई हिँडाइरहेको हुन्छ । साना गन्तव्यहरू मानिस दिनदिनै पुगिरहेकै होला । त्यसपछिको रात मन मनमनै डुल्छ र अर्को यात्रा तयारीको डायरी मनैले लेख्छ ।
भोलिपल्टको यात्राका काल्पनिक दृश्यलाई मनैले हृदयको क्यानभासमा सजाउँछ र त्यहीँ गन्तव्यको टुङ्गो पनि लगाउँछ । मानिसले नियात्रा पहिले त मनमनै आफ्नो कल्पनाको चौघेराभित्र टिपोट गर्छ ।
पछि त्यसलाई सघाउन भावनाको फूलका गुच्छा बटुल्छ र यात्रा संस्मरणको माला बनाउँछ । लाग्छ, मन परेको यात्रामा हिँड्दा या पुग्दा भावनाको वेग थेग्न गाह्रो पर्छ ।
मनले तय गर्ने अकल्पनीय कल्पनालाई शब्दको चौघेराभित्र सीमित पार्नु भनेको बडो कठिन काम हो । ह्वारह्वार्ती शब्द आइदिएपछि भाषामा शब्द बुन्ने तानले तिनलाई बुन्नै भ्याउँदैन तर मनले थाम्नु पर्छ र ती भावनाका थुङ्गालाई मनको ‘हार्डडिस्क’ मा भण्डारण गर्नु पर्छ ।
पछि यात्रा संस्मरण भनौँ या नियात्राको माला तिनै शब्दका सुन्दर गुच्छा उनेर तयार हुन्छ । चीनको छिङछङ सहरमा बास बसेको राति मनमा उम्रिएका भावनाका टुसाहरू हुन् यी ।
त्यही दिन अर्थात् विसं २०८० असोज १० गते बेइजिङबाट त्यहाँ पुगेका थियौँ । सुप्रसिद्ध धार्मिक पर्यटकीय स्थल कैलाश मानसरोवरको यात्रा बेइजिङबाटै सुरु भइसकेको थियो । भोलिपल्ट चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा उड्नु थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को चीन भ्रमण दलका सदस्यका रूपमा सहभागी थियौँ हामी त्यस्तै ४० जना जति । भ्रमण दलमा कोही पाका उमेरका नेता, सांसद पनि भएकाले स्वास्थ्य अवस्था जाँच गरेर मात्र त्यहाँबाट ल्हासा लैजाने कुरा भयो ।
यो छँटनीको मापदण्ड भ्रमण दलमा रहेका डा। युवराज शर्माले अक्सिजन लेबल कम्तीमा ९० हुनुपर्ने बताउनुभयो । भाग्यवश अक्सिजनले रोकिनु परेन ।
अब ल्हासाको ल्हासा गङ्गार विमानस्थलबाट मानसरोवरनजिक रहेको एनगारी गुन्सा विमानस्थलका लागि प्रस्थान ग¥यौँ । बिहान सबेरै विमानस्थलसम्म पुग्दा र त्यस वरपर देखिएको दृश्यले मनलाई कम रोमाञ्चित बनाएन ।
सफा मौसम । आकाश सफा । ल्हासा सहर उचाइमा भएर होला फुत्त उफ्रिएर आकाशै छुन सकिएला जस्तो । नदीसँगै हिँडेको नागबेली बाटो । डाँडामा उषाले लाली छर्दै जाँदा टाढाका पहाड र पठार खुल्न थाले ।
भर्खरै उदाएको घामले हिमालको चुचुरोलाई चुम्न सुरु गर्दै थियो । हामी जति जति माथि चढ्दै थियौँ त्यति रातो घाम हिमाल चुचुरोबाट विस्तारै तल ओर्लंदै थियो ।
बडो शिल्पी कालिगडले जस्तै हिमालका चुचुरा, डाँडापाखामा अबिर पोत्दै थियो । आहा तिब्बतका हिमाल, हाम्रै जस्ता राम्रा । घामका राता किरण हिमालबाट सडकमा ओर्लियो । कल्पनामा छ मानसरोवर ।
लाग्थ्यो, हामी कतै धर्तीकै स्वर्गमा छौँ । हुन त मलाई स्वर्ग कस्तो हुन्छ थाहा छैन किनभने म अहिलेसम्म स्वर्ग गएको छैन । न त स्वर्ग देख्ने कसैले यहाँ आएर बयान नै गरेको छ ।
हिमालले मलाई मेरो बाल्यकाल सम्झाउँछ । बागलुङ घरमा म सुत्ने बार्दलीतिरै फर्किएर सधैँ हाँस्थ्यो माछापुच्छे« र धवलागिरि ।
झुल्के घामसँगै उठाउँथ्यो मलाई सुनको हिमालले । रातो घामले सबैभन्दा पहिला माछापुच्छे«को पुच्छरलाई चुम्थ्यो र विस्तारै धवलागिरि हुँदै अरू हिमशृङ्खलातर्फ सर्दै जान्थ्यो । घाम र हिमालको लुकामारी सिरकबाट मुन्टो झिकेर चियाउँथेँ मैले ।
नौला नौला हिमाल जति देख्थेँ, तिनीसँग मेरो बाल्यकालको साइनो गाँस्दै जान्थेँ ।
ती दिन जस्तै आज पनि हिमालले हाँसेरै बोलाउँदै छ मलाई तर दिमागमा छ अझै ठुलो माउन्ट कैलाश ।गुन्सा विमानस्थल ओर्लियौँ ।
त्यस्तै २५० किलोमिटर टाढा रहेछ कैलाश मानसरोवर । गाडीमा त्यस्तै साढे तीन घन्टा जति लाग्यो । हामी मिडियाका साथीसँगै थियो उद्योगी व्यवसायीको कार पनि ।
व्यवसायी चन्द्रप्रसाद ढकाल तथा सिएनआईका अध्यक्ष राजेश अग्रवालसँग म, दी राइजिङ नेपालका नन्दलाल तिवारी र नेपाल टेलिभिजनका चुडामणि नेपालले नेपालको पर्यटन सम्भावनाबारे धेरै कुरा ग¥यौँ । कैलाश मानसरोवर पुग्दा मनभरि पोखियो भावनाको भेल ।
के भनौँ रु के बोलौँ रु किनभने त्यो दृश्य र क्षण व्यक्त गर्ने शब्द पाएको छैन । असङ्ख्य शब्द तँछाडमछाड गर्दै मनभित्र छिर्दै त थिए तर कुन शब्द छानौँ, के वाक्य बनाऊँ रु मन मस्तिष्क शून्यतामा पुग्यो ।
राष्ट्रिय समाचार समितिकी पत्रकार सगरमाथा आरोही रोशा बस्नेतलाई “चुचुरोमा पुगेपछि के कस्तो महसुस भयो रु” भनी मैले सोध्दा उहाँले भन्नुभएको थियो, “मेरो दिमाग त पूरै खाली थियो ।
म शून्यतामा पुगेकी थिएँ । केही बोल्न या भावना पोख्नै सकेकी थिइनँ ।” त्यही सम्झिएँ ।
आँखैअगाडिको लमतन्न निलो कैलाश मानसरोवरलाई पूरै चियाएँ, क्षितिज भ्याइनँ । बेला बेलामा हर्षले रसाउँथे आँखा । कैलाशको टुप्पोबाट झर्ने शीतल हिमप्रभासहितको शान्त तालले मलाई काखमा राखेर स्वागत गरिरहेको छ ।
छालहरूले किनारमै आई मलाई स्पर्श गर्दा आशीर्वाद पाएको महसुस गरेँ । मनमनै लाग्यो यो पवित्र स्पर्श जीवनकै वरदान हो । भूमिमा टेक्नासाथ मन श्रद्धाले भरियो । भौतिक यात्राले थकान बिसाउँदै गर्दा मुटुले मानसरोवर डुल्दै छ ।
लेक करिब ४,६०० मिटर र त्यसैको आडबाट उठेको माउन्ट कैलाश ६,६०० मिटर उचाइमा छन् ।
सबैका मोबाइल तस्बिर कैद गर्ने तँछाडमछाडमा लागे तर फोटो पत्रकार प्रदीपराज वन्तको बजार भाउ बढी नै छ । सबैले उहाँलाई खोज्दै थिए, उहाँको क्यामरामा कैद हुन ।
फोटो पत्रकारका दुःख पनि कति कति । अरूका लागि क्यामराको ‘एङ्गल’ मिलाउँदामिलाउँदै आफ्नै फोटो लिन नपाउने । खुबै खिच्यौँ तस्बिर । चन्द्र ढकाल दाइ भन्दै हुनुहुन्थ्यो, “यहाँको तस्बिर त कार्कीनेटाको पानी जस्तै रहेछ जति लिए पनि धितै नमर्ने ।”
धेरै पहिले हामी बागलुङ, पर्वतेहरू पोखरा आउँदा खुब लोकप्रिय र चिरपरिचित थियो कार्कीनेटाको पानी । घन्टौँ उकालो हिँडेपछि पर्वतको कार्कीनेटामा रहेको धारामा पुगिन्थ्यो र खुबै पिइन्थ्यो । मूल मिठो हो या लामो उकालो हिँडाइको थकानपछि मिठो भएको हो, पानी बडो स्वादिलो थियो, जति खाए पनि धित नमर्ने ।
अहिले पनि हाम्रो जिब्रोमा त्यो पानी झुन्डिएकै छ ।आध्यात्मिकता र श्रद्धा भन्ने कस्तो हुँदो रहेछ भने त्यस्तो हिमतालमा पनि डुबुल्की मार्न सक्यौँ । अहोभाग्य ठानेँ आफूलाई । तालको तीरैतीर आँखाले भ्याउनेसम्म नै देखिन्थे मानिसहरू नुहाउँदै आफ्ना नित्य अनुष्ठान गरिरहेका ।
कतिले बडो चर्को स्वरमा चिच्याउँदै मनका भाव पोखिरहेका थिए त कोही परिवारलाई ताल लाइभ देखाइरहेका थिए ।
केही क्षणको दर्शनपछि अब हाम्रो टोलीका धेरैको तरखर मानसरोवरको एक बोतल पानीमा । मलाई बुवाले भने जस्तै धेरैलाई परिवारबाट अर्डर आएर होला, पानी लैजाने बोतल लगभग सबैसँग थियो तर जब पानी भर्न थाल्यौँ, त्यहाँबाट पानी लैजान नपाउने नियम सुनाइयो ।
एक त तीर्थस्थलको नियम मान्नु नै पर्छ भने अर्कातर्फ हामी सरकारी पाहुना भएकाले झन् नियम पालना गर्नै प¥यो ।
सो पवित्र तीर्थस्थलको जल आफैँले उभाएर घर लैजाने चाहना थियो तर पूरा भएन । त्यत्रो सरोवरबाट पानी उभाउँदा सकिन्छ भनेर त पक्कै होइन होला ।
अर्को कुरा बर्सेनि करोडौँ तीर्थयात्री पुग्ने त्यो ठाउँबाट पानी उभाएरै लैजाँदा सम्पदामा कुनै असर पर्ने हो कि रु अथवा हामी जहाजमा फर्कनुपर्ने भएकाले सुरक्षा मापदण्डका लागि पो हो कि रु मनमा यस्तै यस्तै कुरा खेले । उनीहरूले नेपालसम्मै जल पु¥याइदिने बताए ।
पछि नेपालको परराष्ट्र मन्त्रालमार्फत बोतलमा उपलब्ध गराइयो पनि । खुसी लाग्यो । हाम्रो देशमा पनि मुक्तिनाथ पुग्नेले कालीगण्डकीको किनारैकिनार हिँड्दै गर्दा कति शालग्राम लिएर जाने गरेका छन्, हिसाब छैन होला । हामी पनि सिक्न सक्छौँ ।
यो ताल नेपाल, चीन र भारतबिचको पश्चिमी भूक्षेत्रको एउटा त्रिसंयोग होभन्दा हुन्छ । खासमा हिन्दु धर्ममा पवित्र मानिने ब्रह्मपुत्रसहित सिन्धु, सतलज र कर्णाली नदीको स्रोत यसै मानसरोवर क्षेत्रको वरपर छ ।
मानसरोवर दुई संस्कृत शब्दको संयोजन मानिन्छ–मानस् अर्थात् मन र सरोवर अर्थात् ताल । हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीले पवित्रताको प्रतीकका रूपमा यो तालमा स्नान गरेर माउन्ट कैलाश परिक्रमा गर्छन् । कैलाश पर्वतमा भगवान् शिव रहेको विश्वास गरिन्छ ।


















कर्णाली सवाल । २०८२ कार्तिक २२ गते शनिवार