जुम्लाको कनकासुन्दरीमा प्रहरी चौकीको पक्की भवन निर्माण

जुम्ला : जुम्लाको कनकासन्दुरी गाउँपालिका– ६ स्थित गोठिज्युला प्रहरी चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको छ । प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सुविधायुक्त पम्क्की भवन निर्माणभई संचालनमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक रबिनबाबू रेग्मीले जानकारी दिनुभयो ।

उक्त वडाका स्थानीयवासिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण भएको हो । २०६८ सालमा स्थापना भएको प्रहरी चौकी लामो समयपछि पक्की कार्यालयबाट सेवा प्रवाह दिन थालिएको छ । कनकासुन्दरी क्षेत्र तथा रारा जाने पर्यटकको शान्ति सुरक्षा ट्राफिक व्यवस्थापनको काम उक्त प्रहरी चौकीले गर्दै आएको प्रहरी नायब उपरिक्षक रेग्मीले बताउनुभयो ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठले प्रहरीको आन्तरिक स्रोत अन्तर्गत चार करोड बढी लगानीमा सुविधायुक्त भवन निर्माण गरिएको बताउनुभयो । गाउँपालिका भित्र प्रहरीको पक्की भवन निर्माण सम्पन्नभइ संचालनमा आएको छ ।

स्थानीयवासिले निःशुल्क जग्गा प्रदान गरेपछि काम अगाडि बढेको हो । गाउँपालिकाबाट आवश्यक सहयोग सधै गरिने कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ ।

जिल्लाका आठवटै स्थानीय तहमा प्रहरी चौकी १३, अस्थायी प्रहरी चौकी ६ वटा, एक ईलाका प्रशासन, जिल्ला ट्राफिक कार्यालय, कारागार, विमानस्थल लगायत गरी २९ वटा प्रहरी युनिट रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



तपाईको प्रतिक्रिया