जुम्ला । नेपाली कांग्रेस सुधार अभियानको जुम्ला जिल्लाको संयोजकमा जंग रोकाया चयन भएकाछन् । केन्द्रिय संयोजक समितिका संयोजक शिव रिमालले शुक्रबार जिल्ला संयोजकहरु तोकका हुन् ।
कांग्रेसमा आस्थावान ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने कांग्रेस सुधार अभियानले माग गर्दे आएको छ ।
पार्टीभित्र आमूल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको नेपाली कांग्रेस सुधार अभियान जुम्लाका संयोजक जंग रोकायाले जानकारी दिनुभयो ।
उक्त समितिले खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेद्वार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गराउनसमेत माग गर्दे आएको छ ।
पार्टीभित्र विधानको संशोधन, लोकतन्त्रको संरक्षण, सम्वद्र्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुआती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको केन्द्रिय समितिका संयोजक रिमालले बताउनुभयो । रोकाया नेपाली कांग्रेस जुम्ला क्षेत्र (ख) पार्टी सचिव समेत हुन् ।
उनी तिला गाउँपालिका वडा नं.६ मा नेपाली कांग्रेस बाट वडाध्यक्षमा निर्वाचित भएका थियो ।



















कर्णाली सवाल । २०८२ मङ्सिर १९ गते शुक्रवार