जुम्ला : जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत आयोजनाकाे ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब सात अर्ब बढी बजेट लाग्ने भएको छ ।
तिला गाउँपालिका वडा नं. १ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको वडा नं.१,२,३,४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जलविद्युत आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिनुभयो ।
तिलामा जलविद्युत आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चारवर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माणहुने प्रस्ताविक आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रति सेकेन्ड रहेको वातारणविद् सुरेन्द्रदेव भट्टको भनाइ छ ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत विद्युत विकास विभागबाट उक्तः योजनाको नाँप जाँच २०७८ सालमा स्वीकृत भएको हो । आयोजना संचालनबाट प्राप्तहुने रोजगारी,रोयल्टी,शेयर,सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभावहुने भएकोले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखी राष्ट्रिय स्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।
प्रस्ताविक आयोजनाका लागी तिला नदीमा ७ मिटर उचाईको बाँध निर्माणगरी तिला नदीको पानीलाई साइड इेन्टेक गेटमार्फत ग्राभेल ट्रयापमा पु¥याइने छ ।
सर्ज साफ्टबाट पानीलाई २८९ मिटर लामो स्टिल पेनस्टक पाइपमार्फत ३६ मिटर लम्बाई ,१६ मिटर चौडाई र ३२ मिटर गहिराई भएको अर्धसतही विद्युत्गृहमा पु¥याई ३८ दशमलव ०७ मेगावाट विद्युत उत्पादन गरिने विद्युत विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिनुभयो ।
उत्पादन भएको विद्युतलाई १३२ के.भी.सिंगल सर्किटको प्रशारण लाइन मार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ । विद्युत गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्धारा पुनःतिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचनाहरु तिला नदीको बायाँ किनारमा रहनेछन् ।
आयोजना कुल लागत नेपाल सरकारको ७ अर्ब ५६ करोड ७४ लाख ३७ हजार ४०५ रुपैयाँ लाग्ने अनुमान गरिएको विभागका उपसचिव शाहले बताउनुभयो ।आयोजनाबाट उत्पादन भएको विद्युत् ३० दशमलव २० कि.मि. लामो र १३२ के.भी. सिङ्गल सर्किट प्रशारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ ।
आयोजना निर्माण गर्नका लागि कुल ७ दशमलव ५८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । जसमा वन क्षेत्रको जग्गा ४ दशमलव ७७२ हेक्टर र नीजी जग्गा २ दशमलव ८१३ हेक्टर रहेको विभागको उपसचिव शाहको भनाइ छ ।आयोजना निर्माण अवधिमा स्थानीय जनशक्तिले ३० देखी ३२० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।
स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिनुभयो ।
विद्युतगूहको उचाई समुद्री सतहबाट क्रमणःदुई हजार ३० मिटर र एक हजार ९४५ मिटरको अवस्थिति रहने छ । आयोजना निर्माण तथा संचालनबाट कुल ३४ घरधूरी प्रत्यक्ष रुपमा प्रभावितहुने देखिन्छ ।
प्रत्यक्ष प्रभावित धरधूरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जलविद्युत आयोजनाले जनाएको छ । तिला जलविद्युत आयोजनाको अध्ययन अवधि पुरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ ।✍️विजय रावल



















कर्णाली सवाल । २०८२ मङ्सिर १८ गते बिहिवार